August 10, 2015

                Miyamoto International अध्ययन टोली पछिल्लो विनाशकारी भूकम्पले सगरमाथा क्षेत्रमा के–कस्तो हानी–नोक्सानी पु¥यायो भन्ने अ्रध्ययनका लागि सो क्षेत्रमा जानु भन्दा अघि उहाँहरुसंग काठमाडौंमा भेटघाट भएको थियो । उहाँहरुको स्थलगत अध्ययन क्षेत्र लुक्लादेखि डिङबोचेसम्म मात्र हो भन्ने थाहा पाएपछि सो क्षेत्रमा पदयात्री पर्यटकहरु र स्थानीयहरु सहज रुपमै आवत–जावात गरिराखेको हुँदा सो बाटोको अध्ययन गर्न त्यति आवश्यक देखिंदैन तर धरातलीय अध्ययन नै गर्ने हो भने मेरा पिक क्षेत्र, पाँचपोखरी उपत्यका, चोला पास, गोक्यो उपत्यका, रेञ्जो भञ्ज्याङ, थामी उपत्यका, नाङ्गपा उपत्यका, थ्याङपो टाशी लाप्चा भञ्ज्याङ, छुकुङ उपत्यका, आइल्याण्ड चुली आधार शिविर जस्ता वृहत्तर र विविध भौगोलिकता भएको क्षेत्रहरुको पोष्ट डिजास्टर ग्राउण्ड असेसमेण्ट (Post Disaster Ground Assessment)गर्न तपाईंहरु जस्तो विज्ञहरुको आवश्यकता छ । साथै ती क्षेत्रको भौगोलिकता, त्भचचबष्ल आदि बारेमा तिनै क्षेत्रहरुमा सिमित रही लामो समयसम्म अध्ययन अनुसन्धान गरिरहेको नेपाली विज्ञहरु पनि छन्, उहाँहरुलाई समेत तपाईंको टोलीमा सामेल गराउनु भई अध्ययन गर्नुभए तपाईहरुको प्रतिवेदन यथार्थपरक र अर्थपूर्ण हुने देख्दछु भनेको थिएँ । कति दिनको अध्ययन हो भनी सोध्दा ७–१० दिन जतिको भन्ने थाहा पाएँ । टोलीले छुट्याएको समय तत्–तत् क्षेत्रको अध्ययन गर्न अपर्याप्त हुने हुँदा कम्तीमा पनि एक डेढ महिनाको अध्ययन समय सिमा लिई अध्ययन गर्नुभए वेश हुने, त्यति समय उपलव्ध छैन भने घटीमा पनि २५–२६ दिनको समय सिमा नभई उक्त क्षेत्रको पूर्ण अध्ययन हुन सम्भवन देख्दिन भनेर मैले त्यो अध्ययन टोलीलाई प्रत्यक्ष भेटघाटमा सुझाएको थिएँ ।

                यहि सन्दर्भमा उक्त टोलीले गत जुन २७ देखि जुलाई २ तारिख (६ दिन) सम्म मात्र भ्खभचभकत क्षेत्रको (Ground Assessment) अध्ययन गरेको प्रतिवेदन आएको रहेछ । उक्त प्रतिवेदन आएपछि  मलाई द्यद्यऋ को प्रतिनिधि पत्रकारले सो प्रतिवेदनमाथि मेरो धारणा के–कस्तो रहेको छ भन्ने जिज्ञासामा मैले त्यो अध्ययन टोली लुक्ला प्रस्थान गर्न अघि जे सुझाएको थिएँ त्यही कुरा (Ground Assessment) पर्याप्त नभएको यथार्थलाई मनन गर्दै टोलीको अध्ययनको समय अवधि अत्यन्तै कम अध्ययन क्षेत्र सीमित भएको सन्दर्भलाई मध्यनजर गर्दै खुम्बु क्षेत्र स्थलगत अध्ययन प्रतिवेदनलाई अपर्याप्त भनेको हुँ । कदाचित सो प्रतिवेदन लुक्लादेखि सगरमाथा आधार शिविरसम्मको पदयात्रा मार्गको हो भने अन्यथा भन्न मिल्दैन । जहाँसम्म खुम्बु क्षेत्र जाने पदयात्री एवं पर्वतारोहीहरुको सुरक्षासंग सम्बन्धित विषय छ त्यस बारेमा मैले कहि कतै र कोहीसंग पनि असुरक्षित छ भनी कुनै टिप्पणी नगरेको व्यहोरा स्पष्ट पार्न चाहन्छु ।

                म स्वयँ सो क्षेत्रमा जन्मि हुर्की आजसम्म सो क्षेत्र लगायत पवतीय पर्यटनको विकासमा लागिपरेको एउटा कृयाशील नेपाली नागरिक भएको हुँदा कुन क्षेत्रमा कस्तो अध्ययन र कति समयावधि आवश्यक पर्न सक्छ भन्ने कुराको अनुमान अनुभवका आधारमा गर्न सकिने हुँदा मैले आप्mनो अनुभव सिद्ध कुरा पत्रकारलाई बताएको हुँ ।

                लुक्लादेखि डिङबोचेसम्मको स्थलगत अध्ययन प्रतिवेदन हो भने सो समय पर्याप्त हुन्छ र प्रतिवेदन वास्तविकताको अति नजिक हुन्छ, तर सो प्रतिवेदन Post Disaster Need Assessment of Everest Region हो भने ६ दिनको धरातलीय अध्ययन (Ground Assessment) को कस्तो प्रतिवेदन आउन सक्छ भन्ने कुरामा जो कोहीले पनि सहजै भन्न सकिने विषय त छँदैछ । तसर्थ मेरो भनाई सहि सत्य हो होइन भन्ने बारे जसले पनि निक्र्यौल गर्न सकिने विषय रहेकै छ ।

                अन्नपूर्ण क्षेत्रको अध्ययन प्रतिवेदन सार्वजनिक हुँदा ताका म काठमाडौं उपत्यका बाहिर थिएँ, त्यसैले सो प्रतिवेदनबारे मलाई कुनै जानकारी छैन र अन्नपूर्ण प्रतिवेदन बारे कुनै प्रतिकृया÷अभिव्यक्ति दिएको छैन । अतः मेरो धारणालाई अन्नपूर्ण प्रतिवेदनसंग जोडनु पर्ने कुनै अवस्था विद्यमान देख्दिन ।

                जहाँसम्म उक्त भनाई व्यक्तिगत हो वा संस्थागत हो भन्ने बारेमा म के भन्न चाहन्छु भने लामो समयसम्म पर्वतीय पर्यटनको क्षेत्रमा कार्यरत रही विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको सम्मानित तथा जिम्मेवार पदमा रही प्रतिनिधित्व समेत गर्दै आएको हुँदा यस क्षेत्रमा हुने कुनै पनि विषयमा स्वदेशी तथा विदेशी पत्रकारहरुले सम्पर्क गर्नु, सोधपुछ गर्नु स्वभाविकै हो भन्ने लाग्छ, मेरो भनाई कतिले संस्थागत भैंm लिने गरिन्छ तर कतिले व्यक्तिगत रुपमा लिने गरेको कुरा जानकारी गराउँदछु ।

 

 

                                                                                आङ छिरीङ शेर्पा

                                                                                अध्यक्ष

 
Month  Year
Sun
Mon
Tue
Wed
Thu
Fri
Sat
      01
02030405060708
09101112131415
16171819202122
23242526272829
3031
 
Please enter the characters as display

IFSE UAAA UIAA

Contact Address